दोहोरो नागरिकता एनआरएनको माग

Wednesday, 27 May 2009

नेपाली मूलका व्यक्तिले अन्य देशको नागरिकता लिएमा नेपाली नागरिकता त्याग्नुपर्ने बाध्यात्मक अवस्था नराख्न गैरआवासीय नेपालीहरुले सुझाव दिएका छन्। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मंगलवार गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले उक्त सुझाव दिएका हुन्। संविधानसभा मौलिक अधिकार समितिको बैठकमा यसअघि नै एकीकृत नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिने विषयमा सहमति जनाइसकेका छन्।
नयाँ संविधानमा दुई नयाँ निकाय- संवैधानिक न्यायालय र उच्च सल्लाहकार परिषद्को व्यवस्था गर्न पनि सुझाव दिइएको छ। सबै राजनैतिक दलले सबै तहका नेता पाँच वर्षमा एकपल्ट चुनाव लड्नै पर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ।
संघका अनुसार सल्लाहकार संविधानविद् प्रा।सूर्य सुवेदीको संयोजकत्वमा गठित समितिले सो निष्कर्ष निकालेको हो। सुझावबारे आफ्नो धारणा राख्दै संघका अध्यक्ष उपेन्द्र महतोले बुझाइएको सुझावमार्फत् संमृद्ध मुलुकको निर्माण गर्ने बृहत्तर आकांक्षा प्रतिबिम्बित भएको हुनाले संविधानसभाले गम्भीरतापूवृक लिन आग्रह गरे।

0 comments: