लोडसेडिङ घट्यो

Tuesday, 19 May 2009


लोडसेडिङ दैनिक १२ घण्टाबाट ८ घण्टा
काठमाडौं, जेठ ५ (नागरिक)-नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लोडसेडिङको अवधि घटाएर दैनिक आठ घण्टामा झार्ने भएको छ। दुई सातादेखि पहाडी भेगमा पानी पर्न सुरु भएकोले प्राधिकरणले लोडसेडिङ घटाएको हो । अधिकांश विद्युत गृहहरु बगिरहने खोलामा आधारित भएको र पानी पर्न सुरु भएपछि खोलाको सतह बढेकोले लोडसेडिङ कम भएको हो।

'पानी परेपछि खोलाको सतह बढेर विद्युत उत्पादन बढेको हुँदा लोडसेडिङ कम गरिएको हो'- विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख शेरिसंह भाटले भने। हाल दैनिक १२ घण्टा लोडसेडिङ भैरहेको छ।

दैनिक विद्युतको माग ७ सय ५० मेगावाट छ। उत्पादन भने चारसय मेगावाट मात्र छ। पानी पर्न थालेपछि खोलामा पानीको सतह बढेको छ भने बढ्दो गर्मीले हिउँ समेत पग्लिन सुरु भएपछि लोडसेडिङ घटेको हो।

खोलामा पानीको सतह बढ्दै गएपछि दैनिक ८ घण्टाको लोडसेडिङ पनि घट्दै जाने भाटले बताए।
Source:nagariknews.com

0 comments: