जाल झेल

Thursday 27 August 2009

जाल झेल बेईमानी कहिल्यै गर्न चाहन्न ।
कुनै पुण्य काम नगरी छिटै म मर्न चाहन्न ।

भीरबाट झरे मरुला, मलाई कुनै पीर छैन
कसैको नजरबाट किहल्यै म झर्न चाहन्न ।

सहयात्री हुँ म उस्को जस्ले दिन्छ साथ मेरो
घात गरी अरुलाई एक्लै जङ्गार म तर्न चाहन्न ।

दिएर हुने भए केहि राख्दीनथे म साथमा
आँत सुकाई कसैको आफ्नो पेट म भर्न चाहन्न ।

साधु सन्त नभएनि सादा जिवन जिउन चाहन्छु
छलकपट काखी च्यापी ज्ञानी रुप म धर्न चाहन्न ।

लक्ष्य मेरो क्षितिज छुने पाईला अघि बढाउँदैछु
आँधी आपतको आएपनी म डर्न चाहन्न ।

जे जान्दछु त्यही गर्छु यो र त्यो भन्दिन म
कर्तब्यबाट कहिल्यै पछि म सर्न चाहन्न ।

सुख दुःख जिन्दगी हो किहले धेरै कहिले थोरै
जतन गरी राख्छु संधै कतै म छर्न चाहन्न ।

प्रकाश थापा
दुबइ

0 comments: