जाल झेल

Thursday 27 August 2009

जाल झेल बेईमानी कहिल्यै गर्न चाहन्न ।
कुनै पुण्य काम नगरी छिटै म मर्न चाहन्न ।

भीरबाट झरे मरुला, मलाई कुनै पीर छैन
कसैको नजरबाट किहल्यै म झर्न चाहन्न ।

सहयात्री हुँ म उस्को जस्ले दिन्छ साथ मेरो
घात गरी अरुलाई एक्लै जङ्गार म तर्न चाहन्न ।

दिएर हुने भए केहि राख्दीनथे म साथमा
आँत सुकाई कसैको आफ्नो पेट म भर्न चाहन्न ।

साधु सन्त नभएनि सादा जिवन जिउन चाहन्छु
छलकपट काखी च्यापी ज्ञानी रुप म धर्न चाहन्न ।

लक्ष्य मेरो क्षितिज छुने पाईला अघि बढाउँदैछु
आँधी आपतको आएपनी म डर्न चाहन्न ।

जे जान्दछु त्यही गर्छु यो र त्यो भन्दिन म
कर्तब्यबाट कहिल्यै पछि म सर्न चाहन्न ।

सुख दुःख जिन्दगी हो किहले धेरै कहिले थोरै
जतन गरी राख्छु संधै कतै म छर्न चाहन्न ।

प्रकाश थापा
दुबइ

Ships collide off Malaysian coast

Wednesday 19 August 2009



The MT Formosa Product Brick was travelling from the United Arab Emirates to South Korea [REUTERS]

Nine Chinese crew members are missing after a Taiwanese tanker carrying 58,000 tonnes of naphtha, a highly flammable liquid, collided with a cargo ship in one of the world's busiest shipping lanes.

A fire broke out on the tanker, en route from the United Arab Emirates to South Korea, after the collision at 10pm (14:00 GMT) in the Strait of Malacca, between Malaysia and Indonesia, on Tuesday, maritime police said.

Firefighters were fighting the blaze on the MT Formosa Product Brick, although there was said to be no danger of oil spill from the tanker and the movements of other ships have not been affected.

"The MT Formosa Product Brick is on fire and is now listing on its left side. We fear it may sink," Rizal Ramli, a local marine police chief, said.

"The collision happened last night in clear weather off Port Dickson. We have rescued 16 crew members, mainly of Chinese nationality," he said.

Ramli said two of the rescued crew were Taiwanese.

Busy waterway

Captain Ahmed Bin Othman, the director-general of Malaysia's marine department, told Al Jazeera that attempts to search for the missing crew were continuing both in the water and on the tanker, but that the heat of the fire was too intense for rescue workers to board the ship.

"The vessel has drifted outside the traffic separation scheme and currently it remains outside the traffic seperation scheme," he said.

"The tanker was south bound, heading for [South] Korea and the bulk carrier had just left Port Dickson. It was joining the traffic separation scheme and unfortunately they collided in the middle."

Port Dickson is in Negeri Sembilan, south of Kuala Lumpur, the Malaysian capital.

Othman said that the masters of both vessels were being interviewed to ascertain the cause of events.Accidents in the narrow Strait of Malacca, through which at least 94,000 ships sail annually, are rare.

The waterway is one of the busiest in the world and is crucial to Japan's national interests as more than 80 per cent of its oil is carried through it.





चन्द्रमामा मान्छे पुगेकै छैन त ?

Saturday 1 August 2009

image

१९६९ को ग्रीष्म ऋतु । आठ-आठ दिनसम्म लाखौं मानिस आश्चर्यलोकमा परे । मानिसले चाहेमा असम्भव भन्ने कुरा केही पनि छैन भन्ने कुरा सावित भयो । चन्द्र धरातलमा मानव अवतरणको समाचारले मानव जातिले आफ्नो इतिहासमा नौलो आयाम थपेको अनुभव गर्‍यो । यसले अमेरिकाको अन्तरिक्ष कार्यक्रममा गौरव त थप्यो नै, सबै कुरा सम्भव छ भन्ने प्रमाणित भएपछि मानिसलाई थप प्रेरणासमेत मिल्यो । यो बीसौं शताब्दीको सबैभन्दा महान् प्राविधिक विजय थियो । तर, केही मानिसका लागि भने यो दाबी 'महान् झूठ' थियो । निल आर्मस्ट्रङ र बुज एल्डि्रनले चन्द्र धरातलमा पाइला टेकेको ४० वर्षपछि सन्देहवादी सिद्धान्तकारहरूले यस ऐतिहासिक घटनालाई फेरि जनइजलासमा ल्याउने प्रयास गरे । यी मानिसहरू नासाले आफ्ना सोभियत प्रतिस्पर्धीहरूलाई ठग्न र राष्ट्रपति जोन एफ केनेडीले १९६० को अन्त्यसम्ममा मानिसले सुरक्षित रूपमा चन्द्रलोक पुगी सुरक्षित रूपमै त्यहाँबाट पृथ्वीलोकमा र्फकने लक्ष्य राखी गरेको घोषणा पूरा गर्न यस्तो जाली काम गरिएको विश्वास गर्छन् ।

धार्मिक फिल्म निर्माता बार्ट साइब्रेल भन्छन्, 'म बुझ्छु, चन्द्रलोकमा मानिसले पाइला राखे भन्ने कुरा सोर्‍है आना झूठा हो, म मेरो ज्यानको बाजी थापेर यो कुरा झूठा हो भन्न सक्छु ।'

१९९९ मा गएको एक सर्वेक्षणअनुसार अपोलो-११ को चन्द्र धरातल अवतरणलाई असत्य ठान्ने अमेरिकीको संख्या निकै छ, अर्थात् ६ प्रतिशत अमेरिकी यस अभियानको दाबीमाथि शंका गर्छन् । र, सन्देहवादी सिद्धान्तकारहरूले छलकपट हो कि भन्ने प्रमाणित गर्ने क्रममा अनेक प्रमाण जुटाउने काम जारी नै राखेका छन् । बि्रटिस पत्रिका इन्जिनियरिङ एन्ड टेक्नोलोजीले गरेको सर्वेक्षणका उत्तरदातामध्ये २५ प्रतिशतले मानिसले चन्द्रलोकमा टेकेको दाबीलाई सत्य मानेका थिएनन् । अति थोरै वेबसाइट र ब्लगहरूले नासाको तथाकथित 'छलकपट' बारेका आशंकालाई ठाउँ दिएको पाइन्छ ।

वासिङ्टनस्थित नेसनल एअर एन्ड स्पेस म्युजियमका क्युरेटर रोजर लनियस भन्छन्, 'चन्द्रलोक पुग्ने कुरा बुझ्नु निकै कठिन कुरा हो । केही मानिसका लागि हामी चन्द्रलोक गएनौँ कि क्या हो भन्ने खालको उत्तर नै सजिलो हुन्छ । यीमध्ये सिधासादा भोलाभाला मानिस पनि पर्छन् । अपोलो अभियानसम्बन्धी यस्तो षड्यन्त्रसम्बन्धी सिद्धान्त १९७२ मा अन्तरिक्ष-यात्री चन्द्रमाबाट फर्केको लगत्तै जानकारीमा आएको थियो ।'

नासाको अपोलो कार्यक्रमका लागि रकेट इन्जिन बनाएका बिल केसिङ नामक एक प्राविधिक लेखकले १९७४ मा एक पुस्तक प्रकाशित गरे । पुस्तकको नाम थियो- 'हामीले कहिल्यै चन्द्रलोकमा पाइला टेकेनौँ ः अमेरिकाको ३० अर्ब डलरको धोकेवाज परियोजना हो यो ।' केसिङले पुस्तकभरि र अन्यत्र पनि नासाले सुरक्षित तरिकाले चन्द्रमामा पाइला टेक्ने प्रविधि नै विकास गर्न नसकेको दाबी गरे । उनले भने, 'अपोलो अन्तरिक्षविज्ञहरू पृथ्वीलाई वरिपरिबाट घेर्ने भ्यान अलेन नामको रेडियसनबाट गुज्रँदा विषको आक्रमणमा पर्न सक्थे । चन्द्रमाबाट ल्याइएका नासाका तस्बिरहरू शंकास्पद र नियमअनुरूपका देखिएनन् ।' केसिङले बताएअनुसार एपोलो-११ यानलाई दृश्यबाट ओझेल हुन्जेलसम्मका लागि माथि पठाइयो । त्यसपछि चन्द्रमामा जाने लुनार क्याप्सुल प्रक्षेपण गरी तीनजना यात्रुलाई सैनिक कार्गो प्लेनमा राखेर आठ दिनपछि त्यस प्लेनलाई प्रशान्त महासागरमा खसाली उद्धार गरियो । उनले नासाका अधिकारीहरूले नेभादाको उच्च सुरक्षा क्षेत्रको सैन्य इलाकामा रहेको एरिया नं ५१ मा चन्द्रमामा पाइला टेेकेको फिल्मांकन गरेको अनि अन्तरिक्षविद्हरूको सहयोग पाउन उनीहरूको दिमाग चाटेको दाबी पनि गरेका छन् ।

केही मानिसका विचारमा केसिङको सिद्धान्त १९७८ मा बनाइएको क्यापि्रकोर्न वानबाट प्रेरित रहेको छ । यस फिल्ममा नासाले मंगल ग्रहमा मानिस उत्रेको देखाइएको छ, जुन भूमि दुर्गम सैन्य शिविरको इलाकामा पर्छ । केहीले त नासाले '२००१: ए स्पेस ओडिसी' नामक हिट फिल्मका निर्देशक स्टान्ली कुबि्रकलाई भाडामा लिई चन्द्रमामा मानिसले अवतरण गरेको जाली फिल्मांकन गरेको ठानेका छन् । दशकौंपछि, षड्यन्त्रको सिद्धान्तः 'के हामीले चन्द्रमामा टेक्यौँ त ?' नामक प्रतिष्ठान खडा गरेको बताइन्छ, २००१ को फक्स टिभीको वृत्तचित्रमा नासाको एपोलोका तस्बिरहरू र टिभी फुटेजहरू पनि हालिएका छन् । तीमध्ये एक हो: मानिसको छाया ऊसँगै हिँड्नुको साटो यताउता गएको देखिनु, जसले प्रकाशको अप्राकृतिक स्रोत त्यहाँ थियो भन्ने जनाउँछ । र, त्यहाँ चन्द्रमामा नभएको हावाको झोक्काले अमेरिकाको झन्डा फहराइरहेको देखिन्छ । यसबाट स्टुडियोमा कृत्रिम प्रकाश र वायुको मद्दतले काम गरेर जाली तस्बिर खिचिएको शंका उत्पन्न हुने ठाउँ रहेको उनीहरू बताउँछन् । कतिपय डकुमेन्टमा एपोलो अन्तरिक्षयात्रीहरू भान अलेनपट्टिबाट मानिस छिटोछिटो हिँडिरहेको र विकिरणको खतरापूर्ण स्तरतर्फ लागिरहेको देखिन्छ, तस्बिरमा भएको छाया वाइडएन्गल लेन्सले बिगारेर चन्द्रामाको सतह भिरालोजस्तो देखिन पुगेको छ । एपोलोको झन्डा र तेर्सोपट्टि दिइएका टेवाका डन्डीले गर्दा झन्डा फहराइरहेको देखिन्छ ।
००५ मा केसिङको निधन भयो । उनी बित्नुअघि नै चन्द्रलोकमा मानव अवतरणसम्बन्धी कुरा जाली हो भन्ने साइब्रेलले आशंका गर्न थालिसकेका थिए । साइब्रेल टेनेसीको न्यासभिलाका फिल्म निर्माता हुन् । कुनै अज्ञात दाताबाट रकम लिएर उनले ४७ मिनेट लामो वृत्तचित्र लेखे र निर्देशन पनि गरे । यसमा चन्द्रमामा मानिस पुगेको तथ्य वाहियात हो भन्ने कयौं आशंका देखाउने प्रयास गरिएको छ । तर, यस्तो आशंका गर्नेहरूका विरोधीहरू भने यदि त्यसो भए नासाका दसौं हजार कर्मचारी तथा एपोलोसम्बन्धित त्यतिका मानिसबाट यो कुरा चार/चार दशकसम्म लुकाउनु सम्भव नभएको जिकिर गर्छन् । तर, साइब्रेल भने एपोलो कार्यक्रम बनावटी भएको र नासाका मठ्ठीभर उच्च अधिकारी र अन्तरिक्षयात्रुलाई मात्र साँचो कथा थाहा हुने बताउँछन् । उनले कयौंपल्ट उनीहरूलाई ढुके, पासो हाले, बाइबल छोएर आफ्नो क्यामेराअगाडि कसम खान लगाए । तर, उत्तर पाए- 'बाइबलको कसम, हामी चन्द्र धरातलमा हिँडेकै हो ।'

अन युट्युबको एक भागमा साइब्रेल एल्डि्रनसँग विवाद गरिरहेको दृश्य पनि छ । २००२ मा प्रसारित यस दृश्यमा ३० वर्षे जोसिला साइब्रेलले ७२ वर्षीय वृद्ध एल्डि्रनलाई झूठो, बेइमान, चोर साला भनेर गाली गर्नासाथ एल्डि्रनले उनको मुखमा एक बज्रमुक्का बजाएर धकेलिदिएका थिए ।

एल्डि्रनले सिएनएनसँगको अन्तर्वार्तामा भनेका थिए, 'अब त्यस्ताका पछि लागेर साध्यै छैन । आशंकावादीका पछि लाग्नेलाई त के भन्नु र खै ! कसैकसैले नजानेका कुरा कसैले अलिकति जान्यो भने त्यस विषयको अंग बन्ने मानिसको स्वभावै हो । तर, के गर्ने यसले मानिसलाई विचलित तुल्याउँछ । '